तेस्रो सातामा प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ ले राम्रो व्यापार गरिरहेको छ। यसै बीच, निर्माण कम्पनि षट्कोण आर्ट्सले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ। फिल्मको महत्वपूर्ण समयमा आउने उक्त दृश्यमा अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेत्री प्रसंशा सुवेदी फिचर्ड छिन्।
उक्त फिल्मलाई हेर्न परिवार नै हलमा आइरहेको अभिनेता रवीन्द्रसिंह बानियाँले बताए। काठमाडौँ उपत्यकासँगै नेपालभरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिक्रिया लिएका अभिनेता बानियाँले फिल्मले मनोरन्जनसँगै दिएको सन्देशलाई दर्शकले रुचाएको बताए ।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले दुई सातामा ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाइसको छ। यो विकेन्ड सकिँदासम्म फिल्मले ६ करोडको आंकडा पार गर्ने विश्वास निर्माण पक्षको छ ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया