घनश्याम लामिछानेको निर्देशनमा फिल्म ‘तिमी मेरो म तिम्रो’ बन्ने भएको छ।
शुक्रबार एक कार्यक्रम गर्दै चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरिएको हो। यो फिल्म प्रेम कथामा आधारित हुने निर्देशक लामिछानेले जानकारी दिए।
सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा गायक रियान गिरीसहित नब नायिका प्रतिमा थापा मुख्य भूमिकामा देखिनेछन्।
साथै फिल्ममा भुवन केसी, अर्जुनजंग शाही, जितु नेपाल, सन्तोष अधिकारी लगायतको अभिनय रहनेछ।
फिल्ममा म्युजिक युग भुसालको हुनेछ। आस्प इन्टरटेनमेन्ट अस्ट्रेलियाको निर्माण रहने चलचित्रको को–प्रोडुसरमा राज श्रेष्ठ र आशिस थापा मगर रहेका छन्। नरेन्द्र मैनालीको डीओपी रहने फिल्मको कथा मनीष गौतमले लेखेका छन्।
Shares

प्रतिक्रिया