कला


‘पहाड’ले ६१ लाख कमाउँदा कति पुग्यो ‘राम नाम सत्य’ को व्यापार?

‘पहाड’ले ६१ लाख कमाउँदा कति पुग्यो ‘राम नाम सत्य’ को व्यापार?

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १३:३०, काठमाडौँ

नयाँ वर्षको अवसरमा प्रदर्शन भएका ‘राम नाम सत्य’ र ‘पहाड’ को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार ‘राम नाम सत्य’ले तीन करोड ३१ लाख ५८ हजार ८२१ रुपैयाँ ग्रस कमाएको छ।

यो वैशाख १२ गतेसम्मको कमाइ हो। यस अवधिमा फिल्मका एक लाख १७ हजार ५६४ वटा टिकट बिक्री भएका छन्। एक्सन जनरामा बनेको ‘राम नाम सत्य’ माइकल चन्द्रको लेखन र निर्देशनमा बनेको छ। 

फिल्ममा विराजसहित सुशील श्रेष्ठ, आयुषसिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, सुनील थापा, प्रशान्त ताम्राकार, खुशी कार्कीलगायतका कलाकारको अभिनय छ।

त्यसैगरि, वैशाख १ गतेबाट रिलिज भएको तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ भने कमजोर देखिएको छ। यस फिल्मले ६१ लाख ७७ हजार २६२ रुपैयाँ ग्रस कमाइ गरेको छ। जुन अवधिमा १९ हजार ५३९ जना दर्शकले यस फिल्मलाई हेरेका छन्।

घिमिरे नौ वर्षपछि ‘पहाड’ मार्फत निर्देशनमा फर्किएका छन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्रीसँगै नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ।

फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ। निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad