कला


‘छ माया छपक्कै-२’ मा जोडिइन् सनिशा भट्टराई, छायांकनमा निस्कियो टोली

‘छ माया छपक्कै-२’ मा जोडिइन् सनिशा भट्टराई, छायांकनमा निस्कियो टोली

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १३:३५, काठमाडौँ

दीपकराज गिरीको फिल्म ‘छ माया छपक्कै-२’ मा अभिनेत्री सनिशा भट्टराईको प्रवेश भएको छ।

निर्माण टिमले सनिशा अनुबन्धित भएकोबारे जानकारी दिएको हो। यसअघि सनिशाले ‘१२ गाउँ’ र ‘नरसिंहा: अवतार’ मा अभिनय गरिसकेकी छन्।

सोमबार बिहान भक्तपुरस्थित सूर्यविनायक मन्दिरमा शुभमूहर्त गरिएको थियो। शुभसाइत पूजापछि निर्माण टिम ४० दिनको तालिकासहित छायांकनमा निस्केको छ। फिल्मको सुटिङ पोखरा, नुवाकोट र काठमाडौँमा छायांकन हुनेछ। 

यो फिल्म सन् २०१९ को चर्चित फिल्म ‘छ माया छपक्कै’ को दोस्रो श्रृंखला हो। दीपेन्द्र लामाको निर्देशन रहेको यस फिल्मले सामाजिक-राजनीतिक कथावस्तुलाई समेटेको छ। 

फिल्मको पटकथा दीपेन्द्रसहित दीपकराजले लेखेका हुन्। फिल्ममा दीपक र सनिशासहित केकी अधिकारीलाई मुख्य भूमिकामा देख्न पाइनेछ। फिल्ममा दीपाश्री निरौला र निर्मल शर्मा लगायतको अभिनय रहनेछ। 

रोहित अधिकारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी हुन्। यो फिल्म आगामी दशैँमा रिलिज हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad