चर्चित गीत ‘झुम्की’ का गायक विष्णु भट्टले नयाँ गजल ‘अप्सरा’ ल्याएका छन्। यसको भिडिओ विष्णु भट्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
विष्णुकुमार खड्काको शब्द रहेको गजलमा प्रेमिकाको सुन्दरताको बयान गरिएको छ। जसको तुलना केहीसँग गर्न नसकिने भाव गीतमा भेटिन्छ।
गजलमा विष्णु भट्टको संगीत र स्वर सुन्न सकिन्छ। देवश राईको संगीत संयोजनसहित मिक्सिङ र मास्टरिङ रहेको छ।
विक्रम चौहानको निर्देशन रहेको भिडिओमा विष्णुसहित सरस्वती खत्रीको अभिनय देख्न सकिन्छ। भिडिओमा दुवै प्रेमिल जोडीको रुपमा देखिएका छन्।
यसको भिडिओलाई प्रकाश खड्काले खिँचेका हुन्। एबी इन्टरटेनमेन्ट नेपालको प्रस्तुति रहेको गलजको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्।
48
Shares

प्रतिक्रिया