नेपाली फिल्मका उदाउँदो अभिनेता हुन गौरव विष्ट। रंगमञ्च पृष्टभूमि भएका गौरवले दुई वर्षअघि फिल्म ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका थिए।
उनै गौरव अब फिल्म ‘एक मुठी बादल’मा देखिँदै छन्। जुन फिल्म आगामी जेठ १ गते रिलिज हुँदै छ।
यस फिल्ममा उनी आँचल शर्मा लगायतका कलाकारसँग देखिँदै छन्। हालै सार्वजनिक भएको फिल्म ‘एक मुठी बादल’को क्यारेक्टर पोस्टरमा उनीसँगै आँचललाई देख्न सकिन्छ।
सार्वजनिक दुई तस्बिरमा उनको वास्तविक जीवनको लुक र फिल्ममा देखिएको चरित्रबीच स्पष्ट भिन्नता देख्न सकिन्छ। रोचक कुरा के छ भने उनले यस भूमिकाका लागि उनले करिब ९ किलोग्राम तौल घटाएका थिए।
उनी क्यारेक्टरमा डुब्नका लागि आफ्नो शरीरको तौल घटाउन निकै मिहेनत गर्छन् भन्ने उदाहरण ‘एक मुठी बादल’मा दर्शकले देख्न पाउने छन्। तौल घटाउँदै उनले आफूलाई फिल्मको पात्र अनुसार रूपान्तरण गरेको बताइएको छ।
Shares

प्रतिक्रिया