आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को अग्रिम टिकट बुकिङ खुलेको छ। यस फिल्मको सोमबार नै केही हलमा बुकिङ खुलेको हो। यस फिल्मको बुधबार बिहानदेखि भने देशव्यापी उच्चाहजनक रुपमा बुकिङ खुल्ला भएको छ।
देशव्यापी रुपमा अहिलेसम्म एक सयभन्दा बढी शो पाएको छ। भोलीसम्ममा अझै शो संख्या बढ्ने देखिन्छ। युनिभर्सल सर्टिफिकेट रनटाइम १३५ मिनेट रहेको छ।
फिल्मको ट्रेलर र गीतका कारण पनि यो फिल्मको उच्च माग बढेको हो। फिल्ममा गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, शंकर आचार्य,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा लगानी सुशील पोखरेलले गरेका छन्। यस फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् भने फिल्मको भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन्।
सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेको यस फिल्मलाई नेपालभरको फिल्मको वितरण आर आर फिल्मसले गर्दैछ। साथै डिजिटल अधिकार ओएसआरले लिएको छ।
Shares

प्रतिक्रिया