कला


रामकृष्ण र मेलिनाको स्वरमा ‘मालती मंगले’ को गीत ‘झ्याम पारम’ सार्वजनिक

रामकृष्ण र मेलिनाको स्वरमा ‘मालती मंगले’ को गीत ‘झ्याम पारम’ सार्वजनिक

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १६:१८, काठमाडौँ

वैशाख २५ गतेबाट रिलिज हुने फिल्म ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। निर्माणटिमले तेस्रो गीतका रूपमा डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

यस गीतको भिडिओलाई निकै भव्य र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको गीतको भिडिओमा कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिका (गेस्ट एपेरेन्स) मा देख्न सकिन्छ।

भिडिओमा सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन रहेको छ।

प्रकु पाण्डेयको निर्देशनमा रामकृष्ण ढकाललको लगानी रहेको छ। फिल्मको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ।

यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। 

फिल्मका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह-निर्माताको रूपमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad