चर्चित गायक प्रकाश सपुत पछिल्लो समय फिल्मतिर व्यस्त छन्। ‘परदेशी २’,‘पुर्ण बहादुरको साराङ्गी’,‘माइतीघर’ जस्ता हिट फिल्म खेलेका उनी फिल्म ‘परालको आगो’को एक पात्र चामेको भुमिकामा देखिँदैछन्। जुन फिल्म वैशाख ११ गतेबाट रिलिज हुँदैछ।
यस फिल्मबाट सपुत निकै आशावादी छन्। अरु भन्दा फरक कथामा अभिनय गरेका उनले कहिले श्रीमतीलाई माया गर्ने तर श्रीमती माइतजाँदा भैसीमाथी पोखिएको रिसको कुरा सुनाए। त्यो आफुले नगरेको र रिस पोख्न नजान्दा सहकर्मी तथा अभिनेत्री सुहाना थापाले सिकाएको बताए।
‘मैले भैसी कुट्नुपर्ने सिन थियो,तर मैले कुट्न सकिरहेको थिइनँ। सिनमा पनि आओस् र भैसीलाई पनि केहि नहोस् भनेर कसरी काम गर्न सकिन्छ भन्ने कुरामा अलिक छटपटी भएको थियो। त्यो कुरा सुहानाले सिकाउनु भयो,’उनले भने।
साथै श्रीमतीको भूमिकामा देखिएकी सुहानालाई गालि गर्न र कुट्न निकै गाह्रो भएको उनको अनुभव छ।
फिल्ममा प्रकाश र सुहानासहित सौगात मल्ल,सिर्जना अधिकारी,किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतको अभिनय छ।
सुशील पोखरेलको लगानी रहेको फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन्। लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन छ। यो फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’बाट फिल्म निर्माण भएको हो।
Shares

प्रतिक्रिया