कला


तोकियो विपिन र केकी अभिनीत ‘काजी’ को प्रदर्शन मिति

तोकियो विपिन र केकी अभिनीत ‘काजी’ को प्रदर्शन मिति

नेपालखबर
बैशाख ६, २०८३ आइतबार १३:४, काठमाडौँ

अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’ को प्रदर्शन मिति घोषणा गरिएको छ। आइतबार प्रिभ्यू सार्वजनिक गर्दै आगामी जेठ ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो।

सार्वजनिक प्रिम्युमा विपिनसँगै अभिनेत्री केकी अधिकारीलाई देख्न सकिन्छ। उनी काजीको कजिनी पात्रको रुपमा प्रस्तुत छिन्। विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले प्रस्तुत गरिएकाले यसलाई दर्शकले रुचाउने देखिन्छ। 

यस फिल्मलाई लिएर अभिनेता विपिन कार्की निकै उत्साहित छन्। काजी क्लासिक लभस्टोरी सिनेमा हो।  लक्ष्मी प्रसाद देवकोटाको उपन्यास मुनामदन जस्तै उत्कृष्ट लभस्टोरी कथाको रुपमा लिन सकिन्छ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad