यसवर्ष प्रदर्शनमा आएका विदेशी फिल्मको व्यापारको विवरण सार्वजनिक भएको छ। सार्वजनिक तथ्यांकअनुसार यस वर्ष नेपालमा प्रदर्शनमा आएका ९३ वटा विदेशी फिल्मको कुल कमाई १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रुपैयाँ रहेको छ।
जुन विदेशी फिल्मका लागि कुल ३३ लाख २२ हजार ७५७ वटा टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ।
विदेशी फिल्मको कमाइको विवरण हेर्दा शीर्ष १० को सूचीमा भारतीय फिल्मकै वर्चस्व बढी देखिन्छ। शीर्ष १० मा एकमात्र हलिउड फिल्म ‘अवतार: फायर एन्ड यश’ परेको छ। पाँचौ स्थानमा रहेको यस फिल्मले ६ करोड ६८ लाख ४३ हजार ४८९ ग्रस कलेक्सन गरेको छ।
यसवर्ष धेरै कमाउने शीर्ष १० विदेशी फिल्मको सूचीमा भारतीय फिल्म ‘कान्तारा २’ छ। यस फिल्मले नेपाली बक्सअफिसमा १२ करोड ३५ लाख ३२ हजार ८४० ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी, १२ करोड २५ लाख ६ हजार ७६१ कमाउँदै रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर २’ दोस्रो स्थानमा छ। ‘धुरन्धर २’ र ‘कान्तारा २’ बीच झिनो अन्तर देखिन्छ। तेस्रोमा प्रेमकथामा बनेको ‘सैयारा’ हुँदा चौंथोमा ‘धुरन्धर’ को पहिलो पार्ट छ।
यस्तो छ नेपालमा धेरै कमाउने विदेशी फिल्मको सूची:
१: कान्तरा: अ लेजेन्ड, च्याप्टर १- १२ करोड ३५ लाख ३२ हजार ८४०
२. धुरन्धर: द रिभेन्ज- १२ करोड २५ लाख ६ हजार ७६१
३. सैयारा- १० करोड १४ लाख ५ हजार ५०४
४. धुरन्धर- १० करोड ५० लाख ७७ हजार ८२१
५. अवतार स् फायर एन्ड यश- ६ करोड ६८ लाख ४३ हजार ४८९ नेरु ग्रस
६. हाउसफुल ५- ४ करोड ९४ लाख २१ हजार ५२३
७. वार २- ३ करोड ८६ लाख ३९ हजार ३०
८. तेरे इश्क में- ३ करोड ६२ लाख ६० हजार ११३
९. सितारे जमीन पर- ३ करोड २८ लाख ८७ हजार ५९२
१०. बोर्डर २- २ करोड ६३ लाख २५ हजार ५२२

Shares

प्रतिक्रिया