रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर-२’ ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। प्रदर्शनको १२ औँ दिनसम्म फिल्मको विश्वभरको व्यापार १५ सय करोड भारतीय रुपैयाँ पुगेको छ।
घरेलु बक्सअफिसमा पनि ‘धुरन्धर-२’ को कुल कमाइ एक हजार करोड ७७ लाख भारु पुगेको छ। यस्तो सफलता पाउने यो पहिलो हिन्दी फिल्म बन्ने सम्भावना देखिएको छ।
त्यस्तै, नेट कलेक्सनमा भने ९०० करोड भारुको आँकडा पार गरेको छ।
रिलिज भएको मात्र ११ दिनमा भारतभित्रै एक हजार करोड ग्रस कलेक्सन गर्ने यो फिल्म ‘पुष्पा २: द रुल’ र ‘बाहुबली-२’ जस्ता ऐतिहासिक फिल्मको क्लबमा सामेल भएको छ।
‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।
गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १ हजार ३०७ करोड भारु कमाएको थियो।
Shares

प्रतिक्रिया