कला


‘पठान’ र ‘कल्की’ को रेकर्ड तोड्दै ‘धुरन्धर २’ बन्यो धेरै कमाउने आठौं भारतीय फिल्म

‘पठान’ र ‘कल्की’ को रेकर्ड तोड्दै ‘धुरन्धर २’ बन्यो धेरै कमाउने आठौं भारतीय फिल्म

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:५०, काठमाडौँ

रणवीर सिंह अभिनीत बलिउड फिल्म ‘धुरन्धर २’ धेरै कमाउने आठौं भारतीय फिल्म बनेको छ। आठदिनमा विश्वभर एक हजार ६७ करोड कमाउँदै यो फिल्म सर्वाधिक कमाइ गर्ने आठौं फिल्मको सूचिमा पर्न सफल भएको हो।

योसँगै ‘धुरन्धर २’ ले ‘पठान (१,०५५ करोड)’ ‘कल्की २८९८ एडी (१,०४२ करोड)’ लाई लाइफटाइम कलेक्सनको रेकर्ड तोडेको छ। 

फिल्मले रिलिजको आठौं दिन (बिहिबार) भारतमा ४९.७० करोड भारतीय रुपैयाँ कुल कमाई गरेको छ। भारतमा ‘धुरन्धर २’ को नेट कलेक्सन ६७४.१७ करोड पुग्दा कुल कलेक्सन भने ८०५.३२ करोड पुगेको छ।

‘धुरन्धर: द रिभेन्ज’ बलिउडकै सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल हो। यस फिल्ममा रणवीर सिंह गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। साथै फिल्ममा सञ्जय दत्त, अर्जुन रामपाल र आर माधवन लगायतको अभिनय छ।

गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। पहिलो भागले विश्वभर १३०७ करोड भारु कमाएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad