नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटनमा भारतका चर्चित निर्देशक, निर्माता र कलाकार रमेश सिप्पीको विशेष उपस्थित हुने भएको छ। उनी उद्घाटन कार्यक्रममा विशेष उपस्थिति जनाउन नेपाल आउने पक्का भएको निफका अध्यक्ष केपी पाठकले जानकारी दिए।
‘नेपाली–भारतीय मेकरहरूको सम्बन्ध विस्तार र दिग्गज व्यक्तित्वको अनुभवले भारतीय फिल्म मेकिङको अनभुवले नेपाली मेकरहरूलाई बलिउड बजारबारे पक्कै केही जानकारी मिल्ने भएकाले उहाँलाई निफमा ल्याउने प्रस्ताव गरेका थियौं। उहाँले स्वीकार गर्नुभयो,’ पाठकले भने।
निफको नवौं संस्करणको निफ चैत १९ बाट काठमाडौं हुँदैछ। जहाँ ४० देशका ८८ फिल्म देखाइनुका साथै फरक–फरक विषयमा १० वटा अन्तर्क्रियात्मक कार्यक्रमहरू गरिनेछन्।
सिप्पीले आफ्नो निर्देशनमा बनेका फिल्महरूमा शाहरुख खान, अमिताभ बच्चन, सञ्जय दत्त, ज्याक्की श्रफ, मिथुन चक्रवर्ती, ऋषि कपुर, दिलिप कपुर, शशी कपुर, धर्मेन्द्र र राजेश खन्नालगयातका बलिउड स्टारलाई अभिनय गराएका छन् ।
Shares

प्रतिक्रिया