ग्लोबल


इजरायलविरुद्ध इरानले तीव्र बनायो आक्रमण, १ घण्टाभित्र हान्यो ३ ब्यालिस्टिक मिसाइल (भिडिओ)

इजरायलविरुद्ध इरानले तीव्र बनायो आक्रमण, १ घण्टाभित्र हान्यो ३ ब्यालिस्टिक मिसाइल (भिडिओ)

नेपालखबर
चैत ८, २०८२ आइतबार १३:४७, काठमाडौँ

इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण तीव्र पारेको छ।

यस क्रममा इरानले आइतबार एक घण्टाभित्र इजरायलमा तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

यसअघि गएराति पनि इरानले इजरायलका डिमोना र अराद सहरमा क्षेप्यास्त्र हानेको थियो। 

डिमोनामा इजरायलको प्रमुख आणविक ऊर्जा केन्द्र छ।

आक्रमणमा ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

इजरायलका विदेश मन्त्रालय र स्वास्थ्य सेवाले घाइतेमा बालबालिका पनि रहेको उल्लेख गरेका छन्। 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले स्वयंले उक्त आक्रमणलाई ‘कठिन साँझ’ भनेका छन्। 

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बिहान ऊर्जा ढुवानीका लागि विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन्। अन्यथा भीषण हमला हुने धम्की दिएका छन्।

जवाफमा इरानले पनि त्यसको प्रतिकार गरिने चेतावनी दिँदै युद्ध नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ। 

इरानले इजरायलमा क्षेप्यास्त्र हानेको भिडिओ

इरानको आक्रमणले इजरायलमा भएको क्षतिका केही तस्बिर


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad