रणवीर सिंहको मुख्य भूमिका रहेको सुपरहिट फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ मार्च १ अर्थात चैत ५ गतेबाट रिलिज हुँदै छ। रिलिज अगावै ‘धुरन्धर २’ ले नयाँ नयाँ रेकर्ड कायम गरेको छ।
यस फिल्मले पेडप्रिभ्यू बाट मात्रै २७ करोड १३ लाख भारतीय रुपैयाँ कमाइ सकेको छ। ‘धुरन्धरः द रिभेन्ज’ को यो कमाइ अहिलेसम्मको हिन्दी फिल्मको पेड प्रिभ्यू कमाइमा सबभन्दा बढी रकम भएको दैनिक भास्करमा उल्लेख छ।
निर्माताहरूले सामान्यतया दर्शकको प्रतिक्रिया मापन गर्न रिलिज हुनुभन्दा अगाडि केही चुनिएका सशुल्क पूर्वालोकन (पेड(प्रिभ्यू) शो राख्छन्। ‘धुरन्धरः द रिभेन्ज’ को १८ मार्चमा भारतमा ९ हजार ५५० पेड प्रिभ्यू शो राखिएको थियो। यसको ८ लाख ३८ हजार टिकट बिक्री भएको जनाइएको छ।
‘पेड प्रिभ्यू’ कमाइमा ‘धुरन्धर २’ ले ‘दे काल हिम ओजी’, ‘बाहुबली २’, ‘स्त्री २’ लगायत फिल्मलाई पछि पारेको छ।
‘दे काल हिम ओजी’ ले पेड प्रिभ्यूबाट २३ करोड कमाएको थियो। त्यसैगरि, भने ‘बाहुबली २’ को कमाइ २२ करोड थियो। ‘धुरन्धर २’ को पेड प्रिभ्यू कमाइ‘स्त्री २’ को ८.५ करोडभारू भन्दा लगभग तीन गुणा बढी हो।
आदित्य धरको लेखन र निर्देशन रहेको यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।
यस फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
यसअघि गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। भारतभर एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरेको थियो।
Shares

प्रतिक्रिया