मध्यपूर्वमा बढ्दो तनावबीच बलिउड अभिनेत्री उर्वशी रौतेला कुवेतबाट भारत फर्किएकी छन्। सामाजिक सञ्जालमा आफू डराएकी र आँसु बगाएको कुरा सेयर गरेकी छन्।
इरान, अमेरिका र इजरायलबीच बढ्दो सैन्य तनावका कारण हालैका दिनमा मध्यपूर्वको अवस्था तनावपूर्ण रहेको छ। धेरै स्थानबाट क्षेप्यास्त्र आक्रमण भइरहेका समाचार आइरहेका छन्। यसैबीच, उर्वशी रौतेला व्यावसायिक कामको लागि कुवेतमा थिइन्, तर स्थिति अचानक बिग्रिएपछि फर्किएको उनले बताएकी छन्।
उर्वशीको इन्स्टाग्राम स्टोरीअनुसार उनी उडानमा चढ्दासम्म सबै ठीकठाक थियो तर आफ्नो सिटमा बसेपछि अचानक नर्भस हुन थालिन्। त्यतिबेला असुरक्षित र चिन्तित महसूस गरेकोले आफ्ना प्रशंसकलाई प्रार्थनाको लागि अपील गरिन्।
त्यतिबेला कुवेत विमानस्थलको अवस्था निकै तनावपूर्ण थियो। धेरै विदेशी नागरिक हतारमा देश छोड्न खोजिरहेका थिए। सुरक्षा जाँचहरू तीव्र पारिएको थियो र यात्रुहरू स्पष्ट रूपमा नर्भस थिए। यसैबीच, उर्वशी विमानस्थलमा भावुक हुँदै उडानमा चढ्नुअघि भक्कानिएर रुँदै बसिन्।
उर्वशी अब सुरक्षित रूपमा भारत फर्किएकी छन्। भारत आइपुगेपछि उनले आफ्ना फ्यानलाई आफू ठीक भएको जानकारी गराइन्। उनले कठिन परिस्थितिमा यात्रुलाई सहयोग गर्ने स्थानीय अधिकारी र विमानस्थलका कर्मचारीलाई पनि धन्यवाद दिइन्।
Shares

प्रतिक्रिया