राजनीति


अब कति गन्न बाँकी छ समानुपातिक मत?

अब कति गन्न बाँकी छ समानुपातिक मत?

नेपालखबर
फागुन २७, २०८२ बुधबार ११:३९, काठमाडौँ

प्रतिनिध सभा निर्वाचनको समानुपातिक मत गणना अब सकिने चरणमा पुगेको छ। 

निर्वाचन आयोगको तथ्यांकअनुसार आज (बुधबार) बिहान ११:३० बजेसम्म १ करोड ७ लाख ३९ हजार ११५ मत गनिसकिएको छ। 

यही फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ कुल १ करोड ९ लाख ७७ हजार ७११ मत खसेका थिए। 

यस हिसाबले अब २ लाख ३८ हजार ५९६ समानुपातिक मत गन्न बाँकी छ। 

अहिलेसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले  १७ लाख ४९ हजार ५८३ समानुपातिक भोट ल्याएको छ। 

यसैगरी नेकपा एमालेले १४ लाख ४८ हजार ८५४, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ५ हजार ७७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२ समानुपातिक मत प्राप्त गरेका छन्।

अब सङ्खुवासभा, धनुषा निर्वाचन क्षेत्र नं. १, गोरखा निर्वाचन क्षेत्र नं. १ र २, लगायत केही क्षेत्रको मात्र मत गन्न बाँकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिएका छन्।

आज सबै क्षेत्रको मत परिणाम सार्वजनिक गर्ने गरी तयारी रहेको उनको भनाइ छ। 

प्रत्यक्षतर्फको परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ पनि सबैभन्दा बढी रास्वपाले १२५ सिट जितेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जित्दा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ७, श्रम संस्कृति पार्टीले ३ तथा राप्रपा र  स्वतन्त्र उम्मेदवारले १/१ स्थानमा विजय हासिल गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad