कला


देशैभर रास्वपामा अग्रता आएपछि उत्साहित हुँदै बालेन निकट निश्चल लेख्छन्: कति सिट आउला भनेर हामी विचारमग्न छौँ

देशैभर रास्वपामा अग्रता आएपछि उत्साहित हुँदै बालेन निकट निश्चल लेख्छन्: कति सिट आउला भनेर हामी विचारमग्न छौँ

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:४८, काठमाडौँ

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमालाई यसपटकको चुनाव निकै लाग्यो। चुनावअगावै बालेन शाहलाई समर्थन गरेका उनीहरुले प्रचारप्रसारमा खुलेरै लागे। मत परिणामसम्म उनीहरुलाई  चुनावी रन्कोले छोडेको छैन। 

अझ निश्चल त बालेनलाई सघाउन बालेन उठेको क्षेत्र झापानै पुगे। निश्चल पहिल्यैदेखि काठमाडौँका पूर्वमेयर बालेन शाहनिकट छन्। बालेन मेयर बन्नुभन्दा अघिदेखि उनी बालेनका साथमा छन्। खासमा बालेन र रास्वपाबीच एकता गराउनमा उनको समेत भूमिका थियो। कतिपयले त निश्चललाई बालेनको राजनीतिक करिअरको पनि मार्गनिर्देशक समेत भन्छन्। 

झापा क्षेत्र नं ५ बाट यतिखेर बालेन शाह एमालेका नेता केपी शर्मा ओलीभन्दा निकै अगाडि छन्। बालेन मात्रै होइन् देशभरिनै रास्वपाको अग्रताको लहर छ। जसकारण रास्वपा समर्थकहरु अहिले निकै उत्साहित छन्। यस्तोमा निश्चल र स्वस्तिमा उत्साहित नहुने त झन कुरै भएन।

निश्चलले श्रीमती स्वस्तिमासँगको तस्विर राख्दै उत्साहित हुँदै स्टाट्स लेखेका छन्। तस्विरमा उनीहरुको मुहारमा निकै खुसी छाएको देखिन्छ।

‘कति सिट आउला भनेर हामी विचारमग्न छौँ। तपाईं भन्नुस् त तपाईको विचारमा कति सिट आउँछ?’ उनले लेखेकी छिन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad