काठमाडौँ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु दर्शना निर्वाचित भइसकेकी छिन्। उनी विजयी भएसँगै यतिखेर बधाईंको ओइरो आइरहेको छ।
यसैबीच, अभिनेत्री ऋचा शर्माले पनि रञ्जुलाई विजयको बधाई दिएकी छिन्। भर्खरै आमा बनेकी रञ्जुको जितलाई उनले एक महिलाको अडानको जितको रुपमा व्याख्या गरिन्।
‘सन्तान जन्माएको केवल ११ दिन। शरीर थाकेको होला, निद्रा अधुरो होला। तर, आमाको आत्मा कहिल्यै कमजोर हुँदैन। आज रञ्जु दर्शनाले जितेको चुनाव केवल एउटा पदको जित होइन,’ उनले लेखेकी छिन्, ‘यो एक महिलाको अडानको जित हो। यो साहसको जित हो। यो त्यो शक्तिको जित हो जुन केवल सङ्घर्ष पछि पाइन्छ।’
114
Shares

प्रतिक्रिया