कला


गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

नेपालखबर
असार २५, २०७६ बुधबार ९:४४,

लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डीएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन्।

बिगत दुई वर्ष बजारमा आएको कपडाको ब्राण्ड डीएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो।

एक वर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो सफलता बताए। ‘मेरो लागी डिएनएसँग जोडिनु ठूलो सफलता हो।’ प्रकाशले कार्यक्रममा भने, ‘म यस ब्राण्डसँग जोडिनुको मुख्य कारण देश बिदेश छरिएर रहेका युवाहरुमाझ छिटो पुग्न सकुँ भन्ने हो।’

डीएनएको तर्फबाट केदार प्रसाद न्यौपानेले गायक प्रकाशलाई प्रमाण पत्र प्रदान गरे। केदारले पछिल्लो समय युवापुस्ताको मनमुटुमा बस्न सफल भएकै कारण प्रकाशलाई आफ्नो ब्राण्डसँग जोडेको बताउँछन्। कार्यक्रममा गायिका शान्तिश्री परियार, तिलक बस्नेत लगायतको उपस्थिती रहेको थियो।

गायक प्रकाश पछिल्लो समय सार्वजनिक ‘गलबन्दी’ बोलको लोकगीतका गायक तथा संगीतकार हुन्। उनको यस गीत केहि समय बिवादमा पनि रह्यो। प्रकाशको ‘बोलमाया’, ‘दोहोरी ब्याटल’ लगायतका गीत सर्वाधिक रुचाइएका गीत हुन्। यी गीत युट्युवमा करोड बढी भ्युज छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad