राजनीति


सभामुखले बोल्न समय नदिएपछि संसदमा कांग्रेस र राजपाको अवरोध

सभामुखले बोल्न समय नदिएपछि संसदमा कांग्रेस र राजपाको अवरोध

नेपालखबर
असार २५, २०७६ बुधबार ९:२६,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले सर्लाहीमा प्रहरीसँगको भिडन्तमा मारिएका भनिएका विप्लव समूहका नेता कुमार पौडेलको मृत्युबारे छानबिन गर्न संसदीय समितिको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्। 

प्रमुख प्रतिपक्षी दलसमेतको अवरोधका बीच सभामुख कृष्ण बहादुर महराले बैठक सञ्चालन गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए। दुवै दलका सांसहरुले उभिएर विरोध जनाईरहेका बेला सभामुखले बोल्नका लागि समय नदिईकनै बैठकको कार्यसुची अगाडि बढाएका हुन्।

कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरिरहेकै समयमा संसदीय व्यवस्था कायम गर्न माग गर्दै नारावाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौं विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए। कांग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad