फागुनको न्यानो घाम, शरीरलाई छुने चिसो पानी र गालाभरि रातो अबिर। प्रकृतिको यो मादकतासँगै नेपालीको मनमा ‘रोमान्स’ को नयाँ मुना पलाएको छ। तर यसपालिको होली केवल रङको छ्यापाछ्यापमा मात्र सीमित रहेन। रजतपतका ‘हट’ सुन्दरी र ‘ह्यान्डसम’ हिरोहरूमा रङको मातसँगै चुनावी ‘फिभर’ पनि उत्तिकै तातो भएर चढ्यो।
यसपालि कन्सर्टको भिडभाडभन्दा सेलिव्रिटीहरूले बेडरुमदेखि घरको छतसम्म र चुनावी मैदानदेखि आफ्ना ‘खास’ मान्छेसम्म होलीलाई सीमित राखे।
प्रियंकाको ‘वाइल्ड’ एन्ड ‘कलरफुल’ होली

ग्ल्यामरकी क्विन प्रियंका कार्कीका लागि होली भनेको रङमा हराउनु मात्र होइन, ‘मुड’ बनाउनु पनि हो। यसपटक उनले श्रीमान् आयुष्मान देशराज जोशीसँग निकै ‘इन्टिमेट’ र रमाइलो होली मनाइन्। सेतो टिसर्टमा रङले लतपतिएकी प्रियंका र आयुष्मानको केमेस्ट्रीले सामाजिक सञ्जालको तातोपना ह्वात्तै बढायो।
उनले छोरीसँगको ‘क्युट’ पल पनि सेयर गरिन् तर आयुष्मानसँगको उनको त्यो रङ्गीन सामीप्यताले फ्यानहरूलाई फेरि एकपटक लोभ्याएको छ। उनले लेखिन्- ‘आज रङ्ग, माया र खुसीले भरिएको दिन।’
चितवनमा विपिन र रविको ‘हट‘ केमेस्ट्री
भर्सटायल अभिनेता विपिन कार्की यतिबेला पर्दाको ‘भष्मे डन’ अवतारमा होइन, चितवनको तातो घाममा चुनावी ‘गेम’ खेल्दै छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अबिर साटासाट गर्दै गर्दा चितवनको माहोल झन् रापिएको देखियो।
फिल्मको सुटिङ छोडेर रविलाई जिताउन चितवन पुगेका विपिनको यो साथलाई लिएर ‘गसिप बजार’ निकै तातेको छ।
निशाको ‘राजेश दाइ‘ सँगको ठट्टा

काठमाडौँ क्षेत्र नम्बर ५ की सुन्दरी उम्मेदवार निशा अधिकारीले यसपालि होलीको रङ महानायक राजेश हमालको गालामा दलिन्। चुनावी तनावलाई थाती राख्दै निशा हमालसँग निकै ‘फ्रेस’ मुडमा देखिइन्।
अबिरले रंगिएको फोटो फेसबुकमा राखेर जिस्किँदै लेखिन्- ‘होलीले राजेश दाईलाई मनाइरहेको अवस्था।’ चुनावी मैदानमा उत्रेकी निशाका लागि यो ‘ब्रेक’ निकै राहतपूर्ण देखियो।
केकीको ‘सचेत‘ सुन्दरी अवतार
बौद्धिक सुन्दरी मानिने केकी अधिकारीले भने रङको मस्तीबीच मतदाताको ‘होश’ खुलाउने कोसिस गरिन्। परिवारसँग रङ खेल्दै गर्दा उनले आफ्नो सामाजिक सञ्जालमा निकै गम्भीर र भावुक सन्देश लेखेर सबैको ध्यान तानिन्।
उनले सहिद, आमाबुबाको सपना र वैदेशिक बाध्यता सम्झाउँदै लेखिन्- ‘यसपटक आफ्नो अमूल्य मत दिँदै गर्दा तमाम सहिदहरूलाई एकपटक फेरि सम्झियौँ।’ केकीको यो अवतारले उनलाई केवल रङको खेलाडी मात्र होइन, जिम्मेवार नागरिकका रूपमा पनि चिनाएको छ।
दीपिकाको पारिवारीक ‘रोमान्स’
अर्की सुन्दरी दीपिका प्रसाईंको होली भने निकै शान्त र प्रेमिल रह्यो। उनले श्रीमान् तथा निर्देशक दीवाकर भट्टराई र छोरासँग घरमै रङ साटासाट गरिन्। दीपिका र दीवाकरको त्यो पारिवारिक तस्बिरमा झल्किएको प्रेमले धेरैको मन छोएको छ।
मुलुक चुनावको सङ्घारमा रापिएकाले यसपालि ठूला ‘इभेन्ट’ नभए पनि सुन्दरीहरूले घरकै छत र आँगनमा रङको ‘हट’ उत्सव मनाउन भने कसर बाँकी राखेनन्।
Shares

प्रतिक्रिया