कला


चुनावको दिन क्यूएफएक्सले सबै हल बन्द गर्ने

चुनावको दिन क्यूएफएक्सले सबै हल बन्द गर्ने

नेपालखबर
फागुन १८, २०८२ सोमबार १३:१७, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनका दिन मल्टिप्लेक्स चेन क्यूएफएक्सका सबै सिनेमा हल बन्द हुने भएका छन्। 

क्यूएफएक्सले एक सूचना जारी गर्दै निर्वाचनलाई सहजीकरण गर्न फागुन २१ गते देशभर रहेका क्यूएफएक्सका सम्पूर्ण हलहरू बन्द हुने जनाएको छ। क्यूएफएक्सले कर्मचारीलाई मतदान गर्न प्रोत्साहन गरिएकाले फागुन २० र २२ गते केही स्थानका हलको सेवा प्रभावित हुने समेत जनाएको छ।

दर्शकलाई हलमा जानुअघि क्यूएफएक्सको आधिकारिक एप वा वेबसाइटमार्फत जानकारी लिन समेत आग्रह गरिएको छ। निर्वाचन अवधिभर दर्शकको साथ र समझदारीको अपेक्षा व्यक्त गर्दै क्यूएफएक्सले सबै नागरिकलाई आफ्नो मताधिकार प्रयोग गर्न पनि अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad