ग्लोबल


कुवेतस्थित अमेरिकी दूतावासनजिकै धुवाँ, सबैभन्दा तल्लो तलामा बस्न र बाहिर ननिस्कन सल्लाह

कुवेतस्थित अमेरिकी दूतावासनजिकै धुवाँ, सबैभन्दा तल्लो तलामा बस्न र बाहिर ननिस्कन सल्लाह

नेपालखबर
फागुन १८, २०८२ सोमबार १३:२८, काठमाडौँ

कुवेतस्थित अमेरिकी दूतावासले मानिसहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन आग्रह गरेको छ।

एएफपी र रोयटर्सले कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उडिरहेको देखेको रिपोर्ट गरेलगत्तै यो विज्ञप्ति आएको हो।

दूतावासको वेबसाइटमा पोस्ट गरिएको विज्ञप्तिमा भनिएको छ, ‘दूतावासमा नआउनुहोस्। आफ्नो घरको सबैभन्दा तल्लो तलामा र झ्यालबाट टाढा बस्नुहोस्, बाहिर ननिस्कनुहोस्।’

साथै अमेरिकी नागरिकहरूलाई सम्भावित आक्रमणका लागि तयार रहन, सतर्कता अपनाउन र सुरक्षाका योजना बनाउन अमेरिकी दूतावासले आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad