आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो झलक ल्याएको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। ग्रामीण परिवेश र सामाजिक द्वन्द्वको झल्को पाेस्टरमा देखिन्छ।
पहाडी पृष्ठभूमिमा गुडिरहेको जिपको अगाडि दुई पुरुष दयाहाङ राई र सौगात मल्लबीचबीच शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा जुधाइरहेको दृश्य प्रस्तुत गरिएको छ। परम्परागत पहिरनमा तेरिया पौजा मगर गम्भीर मुद्रामा बसेकी देखिन्छिन्। पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ।
साथै गाडीको हुटमा कोसेलीका स्वरुपमा सुँगुर,राडीपाखी,तरकारी राखिएको छ। उनीहरू कतै बसाईँ सरेका हुन कि जस्तो पनि लाग्छ। साथै छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ। यसले दर्शकमाझ उनीहरूको लडाईँ र तेरियाको त्यो बिरक्त लाग्दो अनुहारले दर्शकमाझ कौतुहलता जगाउँछ। जुन फिल्मको बलियो पक्ष हो।
उनीहरूबीचको लडाई तेरियाको लागि हो की या अरु कुनैको लागि हो त्यो भने टिजर र ट्रेलरमा देख्न सकिएला। तर, यो पोस्टरले भने उनीहरुबीचको लडाइँ के को हो दर्शकमाझ कौतुहलता जगाउन सफल भएको छ।
अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। यस फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन भने कार्यशाला भोलाराज सापकोटाले गरेका छन्।
यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
Shares

प्रतिक्रिया