आगामी वैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को फस्ट लुक्स सार्वजनिक भएको छ। बिहिबार निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज ल्याएको हो।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य तीन पात्र सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुतलाई देख्न सकिन्छ। तीनै पात्र निकै गम्भीर भावभंगिमामा देखिन्छन्।
जहाँ सुहानाको सिउँदोमा सिन्दुर,अनि निधारमा टीका छ, उनी खासै खुसी देखिन्न। यता प्रकाश सपुत घुम ओडेर रसिला आँखा पारेका छन्। प्रकाश र सौगात मल्लको अनुहार रुन्चे देखिन्छ। तिनै पात्रले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गर्छ।
पोस्टरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा ‘परालको आगो’ जस्तै सानो कारणले ठुलो परिणाम निम्त्याउने विषयवस्तुमा केन्द्रित हुनसक्ने संकेत गर्छ।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ।
यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी,ज्याक श्रेष्ठ,सरिता भण्डारी,रेणु न्यौपाने,बाल कलाकार मन्जिला बाँनिया लगायतको अभिनय छ। फिल्मको निर्माता सुशील पोखरेल हुन्।
सुशील देवकोटाले लेखेको फिल्मलाई संकल्प भुजेलले खिँचेका हुन्। यस फिल्मको वितरण आर फिल्मसले गर्दैछ भने ओएसआर ओटीटी राईट लिइसकेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया