फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा अभिनेत्री रोशनी कार्की मुख्य भूमिकामा छिन्।
फिल्ममा उनी यौनकर्मी अर्थात ‘लालिमा’ पात्र बनेकी छन्। ‘लालिमा’ पात्र निर्माणका लागि रोशनी आफूले निकै तयारी गरेको बताइन्।
यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरूसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ। ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ। नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ भन्नेबारे बुझ्न त मैले उहाँहरूसँग नै भेट्नु आवश्यक थियो नि,’ उनी सुनाउँछिन्।
निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले सुनाइन्। उनी भन्छिन्, ‘यौनकर्मीसँग मैले कुराकानी गरेँ। तर, उहाँहरू आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो। पात्र निर्माणमा मलाई सहयोग भयो।’
321
Shares

प्रतिक्रिया