कला


एक महिनामै सकियो ‘मितज्यू’को सुटिङ, जेठ १५ रिलिज हुने

एक महिनामै सकियो ‘मितज्यू’को सुटिङ, जेठ १५ रिलिज हुने

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १३:५०, काठमाडौँ

अनिल बुढा मगरको निर्देशन रहेको फिल्म ‘मितज्यू’ को छायांकन सकिएको छ। एक महिनामा फिल्मको सम्पूर्ण छायांकन सकिएको हो।

वसन्त पञ्चमीको अवसर पारेर दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन थालिएको थियो। सुटिङ थालेको एक महिनामै सकिएको निर्माता जनक घर्ती मगरले बताए। उनका अनुसार कलाकार र प्राविधिक पक्षले सहज तरिकाले काम गरेपछि तोकिएकै समयमा फिल्मको सुटिङ सम्पन्न भएको हो।

सामाजिक कथावस्तुमा आधारित फिल्मको सुटिङ दाङ र रोल्पाका विभिन्न स्थानमा गरिएको हो। यस फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय छ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।

निर्देशक अनिल बुढा मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘घरज्वाइँ’ निर्देशन गरेका थिए। जुन बक्सअफिसमा सफल भएको थियो।

फिल्मको पोडक्सन म्यानेजर धनबहादुर राई (भान्जा) हुन् भने फिल्मको मुख्य सहायक निर्देशकको जिम्मा फिरोज खड्काको छ। सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली र एल्मिना राई रहेका छन्। 

यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad