गत माघ २३ गतेबाट रिलिज भएका फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ को कमाइ सार्वजनिक गरिएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ‘कुमारी’ ले बक्सअफिसमा ६३ लाख २४ हजार कमाउँदा ‘रमिताको पिरती’ ले २५ लाख ५५ हजार कमाइ गरेको हो। जुन फागुन ९ अर्थात १६ दिनसम्मको कमाइ हो।
सो अवधिमा दिनेश राउत निर्देशित फिल्मका १९ हजार ३७९ टिकट बिक्री भएका छन्। त्यसैगरि, सुदीप्ता निर्देशित ‘रमिताको पिरती’ का ७ हजार ८०३ वटा टिकट बिक्री भएका छन्।
व्यापक चर्चा रहेको प्रेक कथानक फिल्म ‘कुमारी’ आकृति राजभण्डारी र अभिषेक खड्काको डेब्यु फिल्म हो। निर्देशक राउतले जेनजी पुस्ताका दुई कलाकारलाई फिल्ममा ल्याएका हुन्। फिल्मका सबै गीतमा युवा पुस्ताका चर्चित गायक केहरसिंह लिम्बूको गायन रहेको छ। यद्धपी, फिल्मले दर्शक तान्न सकेन्। देशकै ठूलो क्युएफएक्स चेनबाट यो फिल्म हटिसकेको छ।
त्यस्तै, आना शर्माको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’ रोमान्टिक ड्रामाले लगातार ब्रेकअप भोगिरहेकी युवतीकै दृष्टिकोणबाट कथा भन्ने प्रयास गर्छ। यस फिल्ममा आनासँगै गायक समीर श्रेष्ठ, धीरज मगर र विनय श्रेष्ठको अभिनय छ। आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्मको कथा पनि सुदीप्ताको नै रहेको छ।
Shares

प्रतिक्रिया