कला


के फेब्रुअरीमै बिहे गर्दै छन् रश्मिका र विजय?

के फेब्रुअरीमै बिहे गर्दै छन् रश्मिका र विजय?

नेपालखबर
फागुन ७, २०८२ बिहिबार १४:०, काठमाडौँ

बलिउड अभिनेता विजय देवरकोन्डा र अभिनेत्री रश्मिका मन्दाना यतिखेर चर्चामा छन्। यी जोडीको चाँडै विवाह बन्धनमा बाँधिन सक्ने दाबी गरिएको छ।

यसैबीच, विजय देवरकोन्डाको घर फूल र बत्तीले सजाइएको एउटा भिडिओ सार्वजनिक भएको छ। जसले बिहेको हल्लालाई थप बल मिलेको छ। जुन बुधबार सार्वजनिक भएको भिडिओ यतिखेर सामाजिक सञ्जालमा भाइरल भएको भइरहेको छ।

भिडिओ भाइरल हुनेबित्तिकै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त जोडीलाई खुसी व्यक्त गर्दै बधाई दिन थालेका छन्। यद्यपि, यस विषयमा दुवैले अहिलेसम्म कुनै आधिकारिक भनाइ सार्वजनिक गरेका छैनन्।

हालै, विजय देवरकोन्डाको नाम भएको एउटा कार्ड सामाजिक सञ्जालमा भाइरल भयो, जसले गर्दा मानिसहरूले त्यो उनीहरूको विवाहको कार्ड भएको अनुमान लगाए। जुन कार्डअनुसार रश्मिका र विजयले फेब्रुअरी २६, २०२६ मा विवाह गर्नेछन्।

भारतीय मिडियाका अनुसार उनीहरुको विवाहको तयारी सुरु भइसकेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडिओले पुष्टि गरेका छन् कि दुई स्टारले कार्यक्रमलाई अत्यन्तै निजी राख्न चाहन्छन्। मिडिया र सार्वजनिक क्यामेराबाट निजी क्षणहरू जोगाउन विवाहमा फोन निषेध नीतिको बारेमा पनि छलफल भइरहेको छ।

सबैभन्दा विशेष कुरा के छ भने विवाह उदयपुरको कुनै ऐतिहासिक दरबार वा दरबार शैलीको स्थानमा हुने अनुमान गरिएको छ। जसका कारण यो कार्यक्रम अझ भव्य हुने अपेक्षा गरिएको छ।

विवाहपछि, मार्च ३/४ मा रिसेप्सन पार्टी तय गरिएको बताइएको छ, जसमा फिल्म र सामाजिक क्षेत्रका धेरै प्रमुख व्यक्तिहरू उपस्थित हुने बताइएको छ। रिपोर्टअनुसार रिसेप्सन हैदराबाद वा बंजारा हिल्सको कुनै प्रिमियम स्थलमा आयोजना गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad