फिल्म ‘कार्की साइँला’मा अभिनेत्री प्रियना आचार्य (मुन्नी) अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो।
अब यस फिल्ममा प्रियना अभिनेता जितु नेपालको जोडीको रुपमा देखिनेछिन्। राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्मको छायांकन सुरु गर्न लागिएको छ। धनकुटामा फिल्मको सुटिङ हुने निर्माण पक्षले जनाएको छ।
फिल्मका निर्देशक बस्नेतले भने,‘हाम्रो कथा अनुसार नै हामीले धनकुटाका विभिन्न स्थानमा नै सुटिङ गर्नेछौँ। कार्की साइँलाको कथाले मागे अनुसारकै प्रियनालाई फिल्मका लागि अनुबन्ध गरेका हौँ। थप जानकारी केहि दिनमा नै दिनेछौँ।’
यस फिल्ममा जितु र प्रियानासहित सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय रहनेछ।
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माता हुन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापाले गर्दै छन् भने छायांकन डम्बर राईको रहनेछ। द्वन्द किरण दाहालको छ भने संगीत दिप्सन लिम्बू, प्रोडक्सन सीबी भण्डारीको रहेको छ।
Shares

प्रतिक्रिया