चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’ को व्यापार ९ करोड नजिक पुगेको छ।
गत माघ १६ गतेबाट रिलिज भएको फिल्मले बक्सअफिसमा ८ करोड ३१ लाख ८७ हजार ७८९ रूपैयाँ ग्रस कलेक्सन गरेको हो। जुन १६ दिन अर्थात फागुन २ गतेसम्मको कमाइ हो।
चलचित्र विकास बोर्डका अनुसार यस अवधिमा फिल्मको ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री भएका छन्। वैदेशिक रोजगारीको कथा भन्ने फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। तेस्रो सातामा पनि यस फिल्मलाई हलमा दर्शकको राम्रो साथ छ।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा निर्देशक पन्तकै कथा तथा पटकथा रहेको छ। यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली, रचना गौतम लगायतको अभिनय छ।
96
Shares

प्रतिक्रिया