कृषा चौलागाईंको निर्देशनमा बन्ने फिल्म ‘पारस’ मा प्रियंका कार्की अनुबन्धित भएकी छिन्। निर्देशक चौलागाईं र प्रियंकाबीच सम्झौता भएको हो।
प्रियंका स्वयमले आफूले फिल्म साइन गरेको बारे फेसबुकमार्फत जानकारी दिएकी हुन्। यसअघि फिल्ममा निखिल उप्रेती, जसिता गुरुङ मुख्य भूमिकामा देखिने पक्का भइसकेको छ।
विशाल चौलागाईंको लगानीमा बन्ने फिल्ममा कृषा स्वयमकै कथा रहेको छ। एक्सन र सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन्।
यस फिल्मलाई चर्चित छायाकार पुरुषोत्तम प्रधानले खिँच्नेछन्। फिल्मको छायांकन फागुनदेखि सुरु हुने निर्माणटिमले जनाएको छ।
51
Shares

प्रतिक्रिया