कला


रणवीर सिंहलाई ज्यान मार्ने धम्की, मुम्बई प्रहरीले बढायो सुरक्षा

रणवीर सिंहलाई ज्यान मार्ने धम्की, मुम्बई प्रहरीले बढायो सुरक्षा

नेपालखबर
माघ २८, २०८२ बुधबार १४:३८, काठमाडौँ

बलिउड अभिनेता रणवीर सिंहलाई ज्यान मार्ने धम्की आएको छ। मंगलबार उनलाई ह्वाट्सएपबाट पठाइएको भ्वाइस नोट मार्फत धम्की दिइएको थियो, जसमा करोडौँ रुपैयाँ फिरौती माग गरेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार धम्की आए लगत्तै मुम्बई प्रहरीले रणवीर सिंहको बान्द्रास्थित निवास बाहिर सुरक्षा कडा पारेको छ। थप प्रहरी बल तैनाथ गरिएको छ। आगन्तुकलाई नजिकबाट निगरानी गरिएको छ।

यसअघि गत ३१ जनवरीमा निर्देशक रोहित शेट्टीको मुम्बई निवास बाहिर पाँच राउन्ड गोलीबारी भएको थियो। त्यो घटनाका कारण पनि मुम्बई प्रहरी यस विषयमा बढी सतर्क भएको जनाएको छ।

प्रहरी अधिकारीका अनुसार धम्कीपूर्ण भ्वाइस नोटमा गम्भीर अपराधमा संलग्न भएको दाबी गरेका छन् र ठूलो रकम नतिरेमा गम्भीर परिणाम भोग्नपर्ने भनेका छन्। प्रहरीले भ्वाइस नोटलाई फोरेन्सिक जाँचको लागि पठाएको छ।

मुम्बई प्रहरीको साइबर सेल र अपराध शाखाले ह्वाट्सएप नम्बर र भ्वाइस नमुना प्रयोग गरेर अभियुक्तको स्थान पत्ता लगाउन मिलेर काम गरिरहेका छन्। प्रारम्भिक अनुसन्धानले यो धम्की आपराधिक गिरोहसँग सम्बन्धित हुन सक्ने देखाएको छ।

रणवीर सिंहलाई प्राप्त भएको धम्की रोहित शेट्टीको घरमा भएको गोलीकाण्डको घटनासँग प्रत्यक्ष सम्बन्धित छ कि डर फैलाउने षड्यन्त्र हो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले अभियुक्तलाई चाँडै पक्राउ गरिने बताएको छ।

रणवीर सिंह हाल आफ्नो फिल्म ‘धुरन्धर’ का कारण चर्चामा छन्। ५ डिसेम्बरमा रिलिज भएको यो फिल्म बक्स अफिसमा सुपरहिट भयो। फिल्ममा रणवीरले गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। यसको सिक्वेल आगामी मार्चमा रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad