पहिलो र दोस्रो भागको सफलतापछि भारतीय फिल्म ‘दृश्यम ३’ दर्शकमाझ निकै प्रतिक्षीत छ। यस श्रृंखलामा पनि अजय देवगन, तब्बु र श्रिया सरन जस्ता कलाकारहरू छन्। केहीअघि यस फिल्ममा अभिनेता जयदीप अहलावत जोडिएका थिए।
अब फिल्ममा अर्का चर्चित अभिनेता प्रकाश राजको प्रवेश भएको छ। प्रकाश राजको इन्ट्रीसँगै फिल्मबाट अपेक्षा र उत्साह धेरै निकै बढेको छ।
‘प्रकाश राज अत्यन्तै छनौटपूर्ण छन्। स्क्रिप्ट र पात्रले साँच्चै उत्साहित हुँदा मात्र फिल्म साइन गर्छन्। दृश्यम ३ ले दुवै प्रस्ताव गरेको थियो। उनी तुरुन्तै सहमत भए र फिल्मको छायांकन सुरु गरिसकेका छन्,’बलिउड हंगामासँग स्रोतले भन्यो।
यस फिल्ममा प्रकाश राज प्रहरी अधिकारीको भूमिकामा देखिने अनुमान गरिएको छ। यद्यपि, स्रोतले यसबारे स्पष्ट पारेको छैन।
पानोरामा स्टुडियोको निर्माण रहेको फिल्ममा अभिषेक पाठकको निर्देशन रहेको छ। अभिषेकसहित अमिल कीयन खान र परवेज शेख द्वारा लिखित यो फिल्म अक्टोबर २ सन् २०२६ मा रिलिज हुने तयारीमा छ।
Shares

प्रतिक्रिया