कला


यौनकर्मीको जीवनमा आधारित फिल्म ‘लालिमा’ फागुन २९ मा रिलिज हुने

यौनकर्मीको जीवनमा आधारित फिल्म ‘लालिमा’ फागुन २९ मा रिलिज हुने

नेपालखबर
माघ २७, २०८२ मंगलबार १४:०, काठमाडौँ

फिल्म ‘लालिमा’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। निर्माण पक्षले मंगलबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो। यो फिल्म आगामी फागुन २९ गतेबाट रिलिज हुनेछ। 

सार्वजनिक पोस्टरमा अभिनेत्री रोशनी कार्कीलाई  फिचर्ड गरिएको छ। उनले एक झ्यालको छेउमा संकटमा परेर बसिरहेको देख्न सकिन्छ।  

फिल्ममा अभिनेत्री रोशनीसहित उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिका छन्। निर्देशक रोशन मिराजका अनुसार यो फिल्म तीन हजार यौनकर्मीको जीवनीमा आधारित रहेर निर्माण गरिएको हो।

फिल्ममा ‘लालिमा’को भूमिका अभिनेत्री रोशनीले निर्वाह गरेकी छन्। उनको आमाको भूमिकामा उषा छिन् ।

‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन्। आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धकेलिन्छन्। त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुन्छिन्। यही कथामा फिल्म बनेको हो,’ निर्देशक मिराजले भने। 

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नझुक्ने मानवीय साहासको कथा रहेको निर्देशक मिराजको भनाइ छ।फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन्। फिल्मको कथा मिराजले नै लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad