कला


मदन पुरस्कारका लागि सिफारिसमा परे यी ७ पुस्तक

मदन पुरस्कारका लागि सिफारिसमा परे यी ७ पुस्तक

नेपालखबर
असार २५, २०७६ बुधबार ६:२७,

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७५’ का लागि सिफारिसमा परेका ७ पुस्तकको नाम सार्वजनिक गरेको छ।

बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै गुठीले सिफारिसमा परेका सात पुस्तक सार्वजनिक गरेको हो।

गुठीलाई प्राप्त भएका २५७ कृतिमध्ये उत्कृष्टमा परेका ७ पुस्तक छनौट भएका हुुन्। छनौट भएका यिनै सात पुस्तकमध्येबाट एकले मदन पुरस्कार पाउने छ।

छनोटमा परेका पुस्तकहरुमा सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’ रहेका छन्।

छनौटमा परेका अन्य पुस्तकमा छुदेन काविमोको ‘फातसुङ’, महेश थापा ‘मरीचिका’, योगेश राज ‘रणहार’ र ध्रुव सोपकोटा ‘विचारको लाश’ रहेका छन्।

मदन पुरस्कार गुठीले पछिल्ला केही वर्षदेखि उत्कृष्ट ७ पुस्तक सार्वजनिक गर्दै आएको छ।

Madan Puraskar 2075 715x1024

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .