सुपरहिट फिल्म ‘धुरन्धर’को सिक्वेलको औपचारिक घोषणा गरिएको छ। निर्माण टिमले मंगलबार ‘धुरन्धरः द रिभेन्ज’ नाम दिँदै सिक्वेलको अफिसियल टिजर सार्वजनिक गरेको हो।
आज बिहान फिल्मको पोस्टर सार्वजनिक गरिएको थियो। त्यसपछि निर्माण टिमले सिक्वेलको कथावस्तुलाई समेट्दै टिजर ल्याएको हो।
टिजरमा अघिल्लो भागझै यसमा पनि एक्सन अवतारमा देख्न सकिन्छ। आदित्य धर निर्देशित ‘धुरन्धर-२’ आउँदो १९ मार्चमा हिन्दीसहित तेलुगु, तमिल, कन्नड र मलयालम भाषामा विश्वव्यापी रूपमा रिलिज हुनेछ।
यसअघि गत ५ डिसेम्बरमा रिलिज भएको ‘धुरन्धर’ले बक्सअफिसमा ठूलो सफलता हात पारेको थियो। भारतभर एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाउँदै धेरै कमाउने हिन्दी फिल्मको रेकर्ड बनाएको थियो। नेपालमा पनि यस फिल्मले १० करोडको आँकडा पार गरिसकेको छ।
यस फिल्ममा रणवीर एक गुप्तचर एजेन्टको भूमिकामा देखिएका छन्। रणवीरसहित संजय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन, सारा अर्जुनलगायत कलाकारको अभिनय छ।
Shares

प्रतिक्रिया