गायक मदन ढकालले नयाँ गीत ‘मुग्लिन’ सार्वजनिक गरेका छन्।
सार्वजनिक गीतमा गायक मदनसँगै दिपिका बयम्बु मगरको स्वर सुन्न सकिन्छ। गीतमा गायक मदनकै शब्द छ भने कम्पोज घनश्याम खत्रीको छ। एरेन्ज आशिष अविरलले गरेका हुन्।
गीतको भिडिओमा चर्चित चार कलाकारको नृत्य देख्न सकिन्छ। मोडल सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), सुनिशा बजगाईं (सीता), जुनु एसडीको अभिनय छ। गायक मदन स्वमले पनि अभिनय गरेका छन्।
जेरी भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको भिडियो दिनेश पराजुलीले खिचेका हुन् भने सुजन कोइरालाले सम्पादन गरेका हुन्।
गीतबारे गायक मदन भन्छन्, 'यसपटकको गीत डान्सिङ हो, सबैको मनमा बस्नेछ भन्नेमा ढुक्क छौँ, सबैको मिहिनत उत्तिकै छ र भिडिओमा कुनै कमी हुन दिएका छैनौँ, सायद दर्शक, स्रोताले अडिओ र भिडिओमा कुनै कमी पाउनुहुन्न होला।'
गीतको भिडिओ बले इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
Shares

प्रतिक्रिया