कला


यी ३ नेपाली चलचित्र ‘डिशहोम गो’मा हेर्न पाइने

यी ३ नेपाली चलचित्र ‘डिशहोम गो’मा हेर्न पाइने

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:२७, काठमाडौँ

सेन्टीभाइरस, डेसान र सर्टफिल्म दुई चार दिन ‘डिशहोम गो’का ग्राहकहरुलाई उपलब्ध भएको छ।

चुनावी माहोल, दाउपेच र हास्य रसले भरिएको सेन्टी भाइरसले दर्शकलाई मनोरन्जन दिन्छ भने सामाजिक सञ्जालको दुरुपयोगका कारण समाजमा पर्ने असरको चित्रण गरिएको डेसानले दर्शकलाई सोचमग्न बनाउनेछ।

पुराना चलचित्रहरु भए पनि सिनेमाघरमा हेर्न छुटाउनुभएका दर्शकहरुको लागी पे पर भ्यु मा दर्शकलाई हेर्न सुविधा डिशहोम गो ले लिएर आएको छ।

यस्तै नेपाली सर्टफिल्महरुको चर्चा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भइरहँदा नेपाली दर्शकहरुले सर्वसुलभ हेर्न नपाइरहेको अवस्थामा डिशहोम गोले नेपाली सर्टफिल्महरुलाई पनि समेट्दै आएको छ।

यी दुई चलचित्रसँगै भिनेस राज मौर्य निर्देशित सर्टफिल्म “दुई चार दिन” पनि दर्शकहरुले डिशहोम गोमा हेर्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad