लोकगायक अर्जुन सापकोटा महिनाको लोकप्रिय नेपाली संगीतकर्मी बनेका छन्। उनको पछिल्लो चर्चित गीत ‘झलिको’ मार्फत उनी गत महिनाका लोकप्रिय नेपाली गायक बनेका हुन्।
म्युजिक डेटा प्लाटफर्म ‘भाइव्रेट’ को डिसेम्बर महिनाको सूचीमा गायक सापकोटा ४९२.४ हजार अंकसहित लोकप्रिय नेपाली संगीतकर्मी बनेका हुन्।भाइव्रेटले महिनैपिच्छे यो सूची निकाल्छ।
सापकोटाको स्वर र संगीतबद्ध गीत ‘झलिको’ अहिले सामाजिक सञ्जालमा निकै रुचाइएको छ। युट्युबमा मात्र यसलाई १ करोड ९५ लाखभन्दा धेरै पटक हेरिएको छ। ४० लाख हाराहारीमा यस गीतका टुक्रामाथि टिकटक बनेका छन्।
सन्तोष सापकोटाको शब्द रहेको गीतमा अर्जुनसहित मेलिना राई र समीक्षा अधिकारीको स्वर छ।
भाइब्रेटको सूचीको दोस्रो स्थानमा राजविराजका मैथिली र भोजपुरी गायक सान्नु कुमार छन्। तराई-मधेस क्षेत्रमा चर्चित सान्नु ४४४.७ हजार अंकसहित दोस्रो स्थानमा छन्।
तेस्रो स्थानमा सुशान्त केसी, चौथोमा टंक बुढाथोकी र पाँचौमा बालेन छन्। त्यसपछि सज्जनराज वैद्य, तृष्णा गुरुङ, भिटेन, प्रकाश दूतराज र मेलिना राई छन्।
भाइब्रेटले कलाकार, प्रबन्धकका लागि प्रमुख स्ट्रिमिङ सेवा, सामाजिक सञ्जाल र रेडियोबाट रियल टाइम डेटा संकलन गर्छ।
Shares

प्रतिक्रिया