अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आजबाट दास्रो हप्तामा प्रवेश गरेको छ। फिल्म प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेसँगै निर्माण टिमले गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरिएको छ।
आध्यात्मिक भाव समेटिएको भजन गीतमा गायक रोजमान महर्जनसहित महिला स्वर रत्न शोभा महर्जन र दीपा महर्जनको रहेको छ। त्यस्तै, संगीत संयोजन सुरेन्द्र श्रेष्ठको छ।
यस फिल्ममा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ।
निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन्।
डेब्यु अभिनेता विमोचनको अभिनयको समेत दर्शक निकै तारिफ गरिहेका छन्। जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन्। बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन्।
नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको फिल्मले एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ।
सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन्।
Shares

प्रतिक्रिया