हिट फिल्म ‘घरज्वाइँ’ निर्देशन गरिसकेका अनिल बुढा मगरले दोस्रो फिल्म ‘मितज्यू’ वर्कसप सुरु गरेका छन्। उनले शनिबारबाट फिल्मको वर्कसप सुरु गरेका हुन्।
वर्कसपमा तेरिया फौजा मगर,पुस्कर गुरुङ,राज थापा,सुवर्ण थापा,अनु थापा,स्मिता लामिछाने लगायत रहेका छन्। फिल्ममा कलाकारहरुले गर्ने भूमिकालाई सहज होस भन्ने हिसावले वर्कसप चलाइएको निर्देशक मगरले बताए।
फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका लागि कलाकारहरुलाई वर्कसपमार्फत आफ्नो भूमिका बारे थप जानकारी होस् भन्ने हेतुले चलाइएको बताए। उनका अनुसार यो फिल्म आगामी माघको पहिलो साताबाट छायाँकनमा निस्किने छ।
जिएम मुभिजको अफिसमा यो वर्कसप चलिरहेको निर्माण पक्षले जनाएको छ। यस फिल्ममा दयाहाङ राई,सौगात मल्ल,तेरिया फौजा मगर,पुस्कर गुरुङ, शिशिर वाङ्देल,राज थापा,सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर,उत्तम राज पाण्डे,सविन कट्टेल,उमेश सोनाम,पवित्रा खड्का,चाहाना राना मगर,अनुशा राई,खड्क बहादुर पुन मगर(खबपु) लगायतको अभिनय रहेको छ।
यस फिल्मका मुख्य सहायक निर्देशकको रुपमा फिरोज खड्काले काम गर्दैछन् भने सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई रहेका छन्।
रोल्पाका विभिन्न स्थानमा खिचिने यो फिल्मको प्रदर्शन मिति समेत तोकिएको छ। निर्माण पक्षका अनुसार फिल्म आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिनबाट प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया