कला


‘बाँझो बारी नराख’ लोकदोहोरी बजारमा (भिडिओ)

‘बाँझो बारी नराख’ लोकदोहोरी बजारमा (भिडिओ)

नेपालखबर
जेठ २७, २०८३ बुधबार १५:४३, काठमाडौँ

लोक तथा दोहोरी गायक युवराज भुसालले यही हप्ता नयाँ गीत बजारमा ल्याएका छन्।

लामो सयमदेखि गायनमा सक्रिय भुसालले रोमान्टिक भावना र प्रेममय सम्बन्धलाई मुख्य विषयवस्तु र ग्रामीण परिवेशलाई पृष्ठभूमि बनाएर ‘‘बाँझो बारी नराख’’ बोलको दोहोरी गीत बजारमा ल्याएका हुन् ।

गीतका शब्द तथा संगीत स्वयं भुसालका आफ्नै हुन् भने उनलाई स्वरमा दीपिका बयाम्बु मगरले साथ दिएकी छन् । स्थापित एरेन्जर बीबी अनुरागीले एरेन्ज गरेको यो गीतको दृश्य सामग्रीमा सुरेश कोहली र जुना विश्वकर्माले अभिनय गरेका छन् ।

यो गीत उनको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

पर्वत जिल्लाको विहादी गाउँपालिकामा जन्मेहुर्केका गायक भुसालले यसअघि के पिर प¥यो बहिनी, तिर्खा पानीको, मनको धोको, छोडेनन् यी आँखा रसाउन, जन्मभूमि पर्वत, हाँसम बोलम, नसालु हेराईलगायत थुप्रै सिर्जनाहरु नेपाली सांगितिक क्षेत्रमा पस्किसकेका छन् । 

२०७३ सालमा लोककवी अलिमियाँ लोकवाङ्गमय पुरस्कारबाट सम्मानित भुसाल मौलिक लोकभाकामा आधारित भई सिर्जना गर्न मन पराउँछन् । उनले ग्रामिण परिवेशका कथा तथा जीवनगाथालाई गीत, संगीतमार्फत् देश–विदेशमा रहेका नेपाली समुदायमाझ पुर्‍याउनु र भावी पुस्ताका लागि संगृहित गर्नु आफ्नो मूल ध्येय रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad