मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पीआर’अब ओटीटी (ओभर द टप) मा स्ट्रिमिङ हुने भएको छ। यो फिल्म नेपाली डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण हुन लागेको हो।
बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो। निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो।
निर्देशक शोभित बस्नेतले अस्ट्रेलिया र नेपाल सुटिङ गरेको यो फिल्मले नेपालमा रहेका बुबा र आफन्तले हेरेपछि विदेश पुगेका आफ्ना सन्तानको अवस्थालाई मनन् गर्न बाध्य पार्ने बताए।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का,उत्तम के.सी.नेपाल र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ।
Shares

प्रतिक्रिया