राजनीति


एमाले केन्द्रीय कमिटी बैठक २ बजेलाई सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक २ बजेलाई सर्‍यो

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १२:२९, काठमाडौँ

नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक फेरि सरेको छ। 

बबरमहलस्थित कार्की ब्यांक्वेटमा तय भएको बैठकको समय यसअघि १ बजेलाई तय भएको थियो। अब बैठक २ बजेदेखि सुरु हुने छ। 

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका नेताहरुको जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।

साथै पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad