कला


साइमनको अभिनय चर्चाबीच ‘हर्ष’ को गीत ‘पाहुना’ सार्वजनिक

साइमनको अभिनय चर्चाबीच ‘हर्ष’ को गीत ‘पाहुना’ सार्वजनिक

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १६:११, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हर्ष’को नयाँ गीत ‘पाहुना’सार्वजनिक भएको छ। स्वर्गीय निर्देशक शिव रेग्मीको शब्द रचना रहेको गीत नयाँ भर्सनमा आएको हो। 

समीर÷हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः सम्पादन गरेको गीतमा गरिमा अधिकारीको स्वर सुन्न सकिन्छ।

गीतको भिडिओमा मुख्य कलाकार साइमन वादीलाई फिचर्ड गरिएको छ। साथै खगेन्द्र लामिछाने र वर्षा राउत लगायतका कलाकारलाई भिडिओमा देख्न सकिन्छ। यो सिनेमा रिलिज भएसँगै बाल कलाकार साइमनको अभिनयको चर्चा भैरहेको छ।

उनी विभिन्न हलमा पुगर दर्शकसँग साक्षात्कार समेत गरिरहेको छन्। साइमनसँगै अभिनेत्री वर्षा राउत पनि विभिन्न हलमा पुगेर प्रतिक्रिया लिइरहेकी छन्।

विभिन्न हलमा पुग्दा दर्शकले दिने उत्कृष्ट प्रतिक्रियाले आफुलाई हर्षित बनाएको अभिनेत्री राउत बताउँछिन्। यसैबीच गत शनिबार यो सिनेमालाई पोखरा एभेन्जर्सको टिमले समेत हेरेको थियो। उनीहरुले गेमको प्रेसरका बीच पनि यस्तो राम्रो सिनेमा हेर्न पाउँदा रिफ्रेसमेन्ट मिलेको प्रतिक्रिया दिएका थिए।

यो सिनेमालाई एकता पौडेलले निर्देशन गरेकी हुन्। यो उनको डेव्यु निर्देशकीय सिनेमा हो। उनी स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन्।

सिनेमामा खगेन्द्र र वर्षासहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ।

आलोक शुक्लाको छायांकन, समीर, हिमाल, वसन्त सापकोटा तथा एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो। प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad