कोशी


ओली लक्षित भीम रावलको आक्रोशः दुई–दुई पटक संसद विघटन गरेर वाम एकतामा घात गरे

ओली लक्षित भीम रावलको आक्रोशः दुई–दुई पटक संसद विघटन गरेर वाम एकतामा घात गरे

नेपालखबर
मंसिर १५, २०८२ सोमबार १६:१७, विराटनगर

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले दुई दुई पटकसम्म संसद् विघटन गरेर वाम एकतामा घात गरेको बताएका छन्।

नेपाली कम्युनिस्ट पार्टीले विराटनगरमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा पार्टी एकीकरण भएपछि बनेको नेकपाको सरकारलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी घात गरेको आरोप लगाएका हुन्।

‘वामपन्थी शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यले दुई–दुई जना अध्यक्षको व्यवस्था, बाम एकता, र त्यसकै आधारमा नेकपा गठन गरिएको थियो, उनले भने, ओलीले प्रधानमन्त्री भएर दुई पटक प्रतिनिधिसभा विघटन गरेर दुई तिहाइको बहुमतलाई नै क्षति पु¥याए, अहिले हामी त्यही कम्युनिस्ट आन्दोलनलाई फेरी उठाउने प्रयासमा छौँ।’

रावलले वर्तमान नेपाली कम्युनिस्ट पार्टी १६ वटा भिन्न घटकहरूको मिलेर बनेको अत्याधुनिक एकता प्रयास भएको दाबी गरे। उनले भने, ‘हामीले सबैको अधिकार बलियो बनाउने उद्देश्य राखेका छौँ। वाम आन्दोलनको उचाइ बढाउने लक्ष्य हो।’

हालैको जेनजी आन्दोलनले देशको सुरक्षा व्यवस्थाको वास्तविकता उजागर गरेको रावलको तर्क थियो। उनले हाम्रो सुरक्षा प्रणाली एक दिन पनि टिक्ने अवस्थामा नरहेको भन्ने स्पष्ट पारेकोले अबको हाम्रो राष्ट्रिय सुरक्षाको लागि सबै एक भएर लाग्ने खालको कम्युनिस्ट पार्टीको उदय भएको जिकिर गरे।

‘हाम्रो नदी–नाला, जडीबुटीमा पनि हाम्रो अधिकार छैन, उनले भने, ‘राष्ट्रिय अखण्डताको रक्षा गर्न नयाँ कम्युनिस्ट पार्टी अत्यावश्यक छ।’

उनले एमाले विभाजनताका गरिएका १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै पनि रावलले ओलीप्रति असन्तुष्टि व्यक्त गरे।   

सहमति नमान्नु नै वाम एकता कमजोर हुने मुख्य कारण बनेको आरोप लगाए। भ्रष्टाचार,सुशासन र सामाजिक सञ्जाल प्रतिबन्धबारे टिप्पणी गर्दै उनले जेनजीको आन्दोलनले सुरु गरेको ५ घण्टाको आन्दोलन नै छेक्न नसक्ने हाम्रो सुरक्षा प्रणाली कमजोर भएको समेत बताए।  

भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जाल प्रतिबन्ध फुकुवा गर्नुपर्ने भनिए पनि ५ घण्टामै देशलाई सङ्कटमा पुर्‍याएको बताए। उनले देशको सीमा, रक्षा र राष्ट्रिय हित जोगाउन ओली असफल भएको टिप्पणी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad