बलिउड अभिनेता धर्मेन्द्रकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले उनको स्वास्थ्यबारे पछिल्लो जानकारी दिएकी छन्।
बीबीसी हिन्दीले धर्मेन्द्रको स्वास्थ्यबारे जानकारी लिँदा हेमा मालिनीले सन्देशमार्फत भनेकी छन्, ‘धर्मजीको स्वास्थ्यमा सुधार आइरहेको छ। उहाँलाई भगवान् कृष्णको आशीर्वाद र प्रशंसकहरूको शुभकामना छ।’
श्वासप्रश्वासमा समस्या र निमोनियाका कारण तीन हप्ताअघि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना भएका धर्मेन्द्र बुधबार मात्र डिस्चार्ज भएका हुन्। अहिले उनी आफ्नै घरमा छन्।
यसअघि धर्मेन्द्रका विषयमा सञ्चारमाध्यमले गलत समाचार दिएको भन्दै उनका पत्नी हेमा र छोरी ईशा देओलले आपत्ति जनाएका थिए।
75
Shares

प्रतिक्रिया